
काठमाण्डु,१७ फागुन– प्रदेश १ को नाममा किरात लिम्बुवान सगरमाथा अस्वीकृत भएको छ । अब प्रदेशसभा बैठकमा कोशी नाममाथि छलफल सुरु भएको छ । नेकपा एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न प्रस्ताव रखेका थिए ।
उनको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ । प्रदेशसभामा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेश गरेका थिए । प्रदेशसभाले मगरले पेश गरेको प्रस्तावलाई छलफलका लागि स्वीकार गरेको छ भने राईले पेश गरेको किरात लिम्बुवान सगरमाथाको प्रस्तावलाई अस्वीकार गरेको छ ।
प्रदेशसभाको बहुमतले कोशी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किरात लिम्बुवान सगरमाथाको प्रस्ताव संवत् अस्वीकृत भएको जानकारी गराएका थिए । प्रदेशसभामा एमालेले पेश गरेको कोशी प्रदेशमाथि छलफल सुरु भएको छ ।