
काठमाण्डु,१७ फागुन– नेकपा एकीकृत समाजवादीले नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वप्रतिवद्धता छाडेर प्रदेश १ को नाम कोशी प्रस्ताव गरेको बताएको छ ।
आज (बुधबार) प्रदेश १ को प्रदेश सभाको बैठकमा प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गर्दै एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले एमाले र कांग्रेसले पूर्वप्रतिवद्धता भुलेको बताएका छन ।
एमालेले संविधानसभाको दुईवटै चुनावको प्रतिवद्धतामा पहिचानसहितको प्रदेशको विषय उठाएको पनि उनले बताएका छन । उनले पहिलो संविधानसभामा पहिचान र भूगोल जोडेर नामाकरण गर्ने गरी १३ वटासम्म प्रदेश मान्न सकिने भनी एमालेले नै प्रस्ताव गरेको बताएका छन ।
उनले अहिले पहिचानलाई मेट्ने गरी नाम प्रस्तुत गर्नु उचित नभएको पनि बताएका छन । उनले नेपाली कांग्रेसले पनि विगतमा पहिचानलाई स्वीकार गरेको तर, अहिले आफ्नो प्रतिवद्धतालाई लत्याएको उनको आरोप लगाएका छन । उनले आफूहरुले राखेको प्रस्तावले विगतमा कांग्रेसले भनेकै विषय सम्बोधन गर्ने बताएका छन ।
नेकपा एकीकृत समाजवादीले ‘किरात लिम्बुवान सगरमाथा’ राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ ।नेकपा एकीकृत समाजवादीले नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वप्रतिवद्धता छाडेर प्रदेशको नाम कोशी प्रस्ताव गरेको टिप्पणी गरेका छन् ।
बुधबार प्रदेश १ को प्रदेश सभाको बैठकमा प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गर्दै एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले एमाले र कांग्रेसले पूर्वप्रतिवद्धता भुलेको बताएका छन ।