सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन तयार छु: देवराज घिमिरे

काठमाण्डु टुडे २०७९ फागुन १७ गते १५:३२ मा प्रकाशित

काठमाण्डु,१७ फागुन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन ।

आज (बुधबार) नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षतासँग जोडिएका कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा परेर रोकिएको भन्दै तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको बताएका छन ।

उनले भने, ‘ सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएका यी कुराहरुलाई सभामुख भएको नाताले अघि बढाइयोस् भन्ने चाहना आकांक्षा जायज छ’ यस क्षेत्रका समस्या के हुन्, आउन लागेको विधेयको बिरोध गर्नुको कारण के हो, रोकिएको विधेयक अघि बढाउन मेरो ठाउँबाट अघि बढाउन म तयार छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us