संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनले सरकारको भविष्य निर्धारण गर्छ: यादव

काठमाण्डु टुडे २०७९ फागुन १७ गते १५:२४ मा प्रकाशित

काठमाण्डु,१७ फागुन– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनसँग सरकारको भविष्य निर्धारण हुने बताएका छन ।

आज (बुधबार) जनपुरधाममा मधेश प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । यादवले संघीय सरकारले तत्काल यी दुई विधेयक पारित गर्नुपर्ने पनि बताएका छन ।

उनले भने, ‘अहिलेको सरकारले दुईवटा काम तत्काल गर्नुपर्छ । संघीय निजामती ऐन यथाशीघ्र पास गरेर प्रदेश कर्मचारी तन्त्र स्थापित र प्रहरी समायोजन गरेर प्रदेशलाई हस्तान्तरण’, यही दुईवटा काममा यो सरकारको भविष्य निर्धारण हुन्छ ।’

उनले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोत साधन नहुँदा चाहे अनुसार काम गर्न नसकेको बताएका छन । उनले संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुनै नसक्ने समेत बताएकान छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us