प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने एमालेको प्रस्तावमा समर्थन गरेको कांग्रेसद्वारा फेरि समर्थन फिर्ता

काठमाण्डु टुडे २०७९ फागुन १७ गते १४:४१ मा प्रकाशित

काठमाण्डु,१७ फागुन– प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने एमालेको प्रस्तावमा समर्थन गरेको कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ । एमालेको प्रस्तावमा काँग्रेसका सांसद भूमि प्रसाद राजवंशीले समर्थन गरेका थिए । यद्यपि उक्त समर्थन फिर्ताको निवेदन कांग्रेस दलको कार्यालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।

पहिलाको प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्ने खुलेको छैन । प्रदेश १ को किरात लिम्बुवान सगरमाथा राख्न प्रदेश सभामा अर्को प्रस्ताव पनि दर्ता भएको छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले जानकारी दिएका छन ।

प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् रहेका छन । उता, नेकपा माओवादी केन्द्रले भने एमालेले राखेको कोशी प्रदेशको प्रस्तावमा संस्थागत असहमति जाहेर गर्दै मतदान गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us