भ्यानबाट खसेर एक जना प्रहरी घाइते

काठमाण्डु टुडे २०७९ फागुन १७ गते १४:२० मा प्रकाशित

काठमाण्डु,१७ फागुन– प्रहरीको भ्यानबाट गण्डकी प्रदेश सभामा खसेर एक जना घाइते भएका छन् । प्रदेश सभामा आज बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रमको व्यवस्थापन गर्न थप प्रहरी जाँदै थिए ।

प्रदेश सभा प्राङ्गण प्रवेशका क्रममा भ्यानले ल्याइरहेको फलामको पाइप बिजुलीको तारमा अल्झिँदा प्रहरी जवान पटक बुढा भुइँमा बजारिन पुगेका हुन् ।

प्रदेश प्रमुखको सलामीका लागि झन्डा राख्न भ्यानमा लगिएको फलामको पोल बिजुलीकको तारमा अल्झिँदा पोलले हुत्याएर बुढा भुइँमा बजारिन पुगेका प्रत्यक्षदर्शीले जानकारी दिएका छन ।

प्रदेश प्रहरी गणका सलामी टोली सदस्य बुढाको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us