
काठमाण्डु,१७ फागुन– राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाताहरू रहेका छन् ।
पौडेलले ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै सबै मतदाताहरूलाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन् । यसअघि पार्टीले सबै दललाई मत माग्दै पत्र पठाइसकेको छ ।