
काठमाण्डु,१७ फागुन– एमालेले प्रदेश १ को नाम कोसी राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ । आज (बुधबार) एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका छन ।
उनको प्रस्तावको समर्थकमा भूमिप्रसाद राजवंशी, निरन राईलगायत रहेका छन । प्रदेशसभा सचिवालयले प्रदेशको नाम प्रस्ताव गर्न बुधबार दिउँसो १ बजेसम्मको समय दिएको छ ।
नेकपा माओवादी केन्द्रले कोसी प्रदेशको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेपनि दलको बैठकबाट कोसीको पक्षमा मतदान गर्ने निर्णय भएको हो ।
काङ्ग्रेस र एमालेले यसअघि नै प्रदेशको नाम कोसी राख्ने सहमति गरेका थिए । एमालेले कोसी नामले सबैको पहिचान समेट्ने पनि बताएको छ ।