राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो

काठमाण्डु टुडे २०७९ फागुन १७ गते १२:२६ मा प्रकाशित

काठमाण्डु,१७ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको बताएका छन । उनले भने, ‘गोलाकार हटाएर चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ ।’निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै घण्टीमात्रै चुनाव चिह्न राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us