रास्वपाले तोक्यो ७ वटै प्रदेशका सभापति

काठमाण्डु टुडे २०७९ फागुन १७ गते १२:१२ मा प्रकाशित

काठमाण्डु,१७ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ। प्रदेश १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ।

समिति गठनसँगै जम्मेवारी पनि तोकेको हो । यसैगरी, गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको रास्वपाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us