
काठमाण्डु,१७ फागुन– प्रतिनिधि सभाको बैठक ५ चैत सम्ममा लागि सारिएको छ। बुधबार दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठक एकैपल्ट ५ चैत मा बस्ने भएको हो ।
विशेष कारणले बैठक सारिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । यही बीचमा राष्ट्रपतिको निर्वाचन रहेको छ । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदै छ ।
८ दलीय गठबन्धनका तर्फबाट कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।