राष्ट्रपति भण्डारी भोलि दोलखा आउने

काठमाण्डु टुडे २०७९ फागुन १७ गते १०:३६ मा प्रकाशित

काठमाण्डु,१७ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारी भोलि दोलखा आउने तयारीमा रहेकी छन । बिहीबार ग्रामीण विकास टुकी सङ्घ दोलखा र सिन्धुपाल्चोकको आयोजनामा सदरमुकाम चरिकोट स्थित सिमपानी सभा हलमा गर्न लागेको टुकी प्रदर्शनी कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी दोलखा आउने भएकी छन ।

प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई फ्लेक्स, फोटो, भिडियो लगायतका माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रम छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us