
काठमाण्डु,१६ फागुन– प्रहरीले मालपोत कार्यालय जनकपुरबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपलिका–१६ बस्ने ४६ वर्षीय प्रदीप प्रसाद पासवान रहेका छन ।
मालपोतमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भनेर पासवानले रकम बार्गेनिङ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको प्रहरीले जानकारी दिएका छन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।