काठमाण्डु, १६ फागुन– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा सहभागी नहुने बताएका छन् ।
एमाले, राप्रपा र रास्वपाले छाडेका मन्त्रालयमा काँग्रेस, एकीकृत समाजवादीलगायत दललाई सहभागी गराउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् । काँग्रेस खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला उनको यो भनाइ बाहिर आएको हो ।
‘मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरीदिनुहोस्,’ खड्काले ट्वीटमार्फत भनेका छन् ।