
काठमाण्डु, १५ फागुन– सरकारले सेवाग्राहीको भिड लाग्ने सरकारी कार्यालय हप्तामा सातै दिन खोल्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले शनिबार पनि कार्यालय खोल्ने निर्णय गरेको हो । सेवाग्राहीको लामो लाइन लाग्ने गरेकाले त्यस्तो अवस्था अन्त्यका लागि सातै दिन कार्यालय खोल्ने निर्णय गरिएको सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार अबदेखि राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, अस्पताल र प्रहरी कार्यालयले शनिबारका दिन पनि सेवाप्रवाह गर्नेछन् ।