लागुऔषसहित २ जना पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन १५ गते १८:३३ मा प्रकाशित

काठमाण्डु,१५ फागुन– प्रहरीले उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाबाट लागुऔषसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५४ वर्षीय ईन्द्रबहादुर शाही र ५८ वर्षीय शेर बहादुर सेन रहेका छन ।

आज (सोमबार) ताप्ली गाउँपालिका–१ देबरेबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजीसहित २ जनालाई पक्राउ गरेको प्रहरी ले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले शाहीको घरबाट करिब १५ केजी र सेनको घरबाट करिब २० केजी गाँजा बरामद गरिएको बताइएको छ । पक्राउ परेका शाही र सेनमाथि प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us