सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर

काठमाण्डु टुडे २०७९ फागुन १५ गते १७:५६ मा प्रकाशित

काठमाण्डु,१५ फागुन– सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै लामिछानेलाई विदेश जान अनुमति दिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो ।

नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाण्डुले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो ।त्यसविरुद्ध सरकारी वकिलको कार्यालय, सर्वोच्च अदालत गएको थियो भने लामिछानेले क्रिकेट खेल्न विदेश जाने अनमुति माग गर्दै निवेदन दिएका थिए ।

यस्तै लामिछानेको मुद्दा फास्ट ट्याकमा टुंगो लगाउन पनि सर्वोच्चले जिल्ला अदालत काठमाण्डुलाई आदेश दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us