टर्कीमा फेरि भूकम्प

काठमाण्डु टुडे २०७९ फागुन १५ गते १७:१३ मा प्रकाशित

एजेन्सी– विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा आज सोमबार पनि पुनः ५।६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको दक्षिणी भागमा गएको पछिल्लो भूकम्पबाट थप भवनहरू भत्किएको अधिकारीहरूले जानकारी दिएका छन ।

हालसम्म मानवीय क्षतिको भने खबर भने प्राप्त भएको छैन । मलात्या प्रान्तको येसिलयोर्ट केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो । र सो क्षेत्रका मेयरले भूकम्पपछि केही भवनहरू ढलेको जानकारी दिएका छन ।

गत फेब्रुअरी ६ मा टर्की र सिरियाको सीमामा गएको ७।८ म्याग्निच्युडको भूकम्पपछि सबैभन्दा धेरै प्रभावित टर्कीका ११ प्रान्तहरूमध्ये मालात्या पनि एक प्रान्त हो । भूकम्पका कारण टर्की र सिरियामा गरेर ४८ हजारभन्दा बढीको मृत्यु भएको छ भने टर्कीमा १ लाख ७३ हजार भवनमा क्षति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us