यूके पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन १५ गते १७:०४ मा प्रकाशित

काठमाण्डु,१५ फागुन– प्रहरीले बेलायत (यूके) पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डुको कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका छन ।

सुदिशले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र टिकटकबाट साथी बनाई आफू मलेसियाको नागरिक हाल बेलायतमा डाक्टर रहेको भन्दै बेलायतमा रोजषारी खोज्न सहयोग गर्ने प्रलोभन देखाउने गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर जानकारी दिएका छन ।

त्यसपछि उनले फोटो, पार्सपोर्ट, नागरसकता लगायतको व्यक्तिगत विवरण पठाउन लगाउने गरेका थिए । पार्सल, आकर्षक गिफ्ट, डलर लगायतको सामान पठाएको छु भन्ने र सो गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको छ भन्सार शुल्क चाहिने भन्दै पैसा पठाउन लगाउने गरेका प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पैसा भने सुनिता परिषारको खातामा पठाउने लगाउने गरेका थिए । प्रहरीले उनको खातामा २३ लाख रुपैयाँ भेटेको छ । नीहरुविरुद्ध ४ जनाले उजुरी दिएको प्रहरी उपरीक्षाक राठौरले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us