
काठमाण्डु,१५ फागुन– क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको निवेदन र उनीविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको पुनरवलोकन निवेदनमाथिको सुनुवाइ सकिएको छ ।
हिजो {(आइतबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलास बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको थियो। आज (सोमबार) सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे र रोशनी पौडेलले बहस गरेका छन ।
पीडित नाबालिकको पक्षबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको हो । सुनुवाइ सकिएसँगै सोमबार नै आदेश पनि आउने भएको छ । आइतबार पीडित किशोरीका तर्फबाट १ जना कानुन व्यवसायी र २ जना सरकारी वकिलले बहस गरेका थिए। यस्तै, सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापासहित कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए।
पीडितको पक्षबाट बहस गर्नेहरुले सन्दीपलाई टीममा राख्दा विपक्षी खेलाडीहरुले हातसमेत नमिलाएको भन्दै खेल्नका लागि टिममा राख्न नहुने र उच्च अदालत पाटनले धरौटीमा छाडेको आदेश रद्द गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग राखेका थिए।
नाबालिक किशोरीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि मुद्दाको पुर्पक्षका लागि थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले सर्तसहित २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। देश छाडेर विदेश जान नपाउने लगायतका सर्तका कारण सन्दीप संयुक्त अरब इमिरेट्स ९यूएई०को दुबईमा हुने आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीमा सहभागी हुन पाएनन्।
आफूले विदेश जान नपाउने उच्च अदालतको सर्त खारेजीको माग गर्दै सन्दीपले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।