शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डु टुडे २०७९ फागुन १५ गते १४:०७ मा प्रकाशित

काठमाण्डु,१५ फागुन– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बैठकले जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधि सभाका सांसद सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।

शोक प्रस्ताव पारित गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। अब अर्को बैठक बुधबार बस्ने भएको छ। जसपाबाट समानुपातिक प्रणालीतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित ६३ वर्षकी रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो ।

जसपाकी केन्द्रिय सदस्यसमेत रहेकी झापाकी स्थायी बासिन्दा रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् । सोमबारको बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us