उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाने

काठमाण्डु टुडे २०७९ फागुन १५ गते ११:४४ मा प्रकाशित

काठमाण्डु,१५ फागुन– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने भएका छन् ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल दोहा जाने तय भए पनि राष्ट्रपति निर्वाचनलगायत राजनीतिक घटनाक्रमका कारण नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठ जान लागेका हुन् ।

श्रेष्ठ शुक्रबार दोहा प्रस्थान गर्ने उनको सचिवालयले जनाएको जानकारी दिएको छ । सोही दिन उनी अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us