आज पनि पानी पर्ने

काठमाण्डु टुडे २०७९ फागुन १५ गते ७:२९ मा प्रकाशित

काठमाण्डु, १४ फागुन–आज वपनि मौसम बदली भई चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश नम्बर १, बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । बताइएको छ।

प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । यसअघि हिजो आइतबार उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाका साथै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us