
पाल्पा,१४ फागुन– प्रहरीले पाल्पाको रिब्दिकोट गाउँपालिका–६ ठिमुरेस्थित जंगलबाट एकनाले भरुवा भन्दुक १ थान, करिब १ सय ग्राम बारुद, फलाम र सिसाका टुक्राहरुसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तिनाउ गाउँपालिका६ बस्ने ५७ वर्षीय निर बहादुर सारु र उनकै छोरा २८ वर्षीय टिकाराम सारु रहेको प्रहरीले बताएको छ ।
उनीहरू उक्त जंगलमा सिकार खेल्न गएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।