
काठमाण्डु,१४ फागुन– परराष्ट्रमन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन आइतबार स्वीट्जरल्याण्ड जाने भएकी छिन ।
जनेभा जानुअघि आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलेले मानवअधिकार परिषद्को बैठकमा आफूहरुको सहभागिता असाध्यै महत्वपूर्ण रहेको बताएका छिन ।
उनले भनिन्, ‘हामीले यो क्षेत्रमा गरेको प्रगति दर्शाउनुपर्नेछ ।’ भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल हुने मन्त्री पौडेलले बताएकी छन । मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल ९गानरी० ले नेपालको मानव अधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो ।
मन्त्री पौडेलले भनिन्, अहिले सिफारिस मात्र भएको हो घटुवा भएको छैन । क मै कायम रहन हाम्रो प्रयास रहनेछ ।’ बैठकका क्रममा द्विपक्षीय भेटवार्ताहरु पनि गर्ने तय भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकि छन । उनका अनुसार मन्त्री पौडेल जेनेभाबाट दोहा आउने छिन् र अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।