घरको पर्खाल भत्किएर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन १४ गते १३:३० मा प्रकाशित

काठमाण्डु,१४ फागुन– भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–४ का २३ वर्षीय धर्मेन्द्र बिक रहेका छन ।

मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा बिकको को मृत्यु भएको हो । पर्खाल भत्किएर पुरिएका बिकको उपचारका क्रममा नागरिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us