जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको तयारी

काठमाण्डु टुडे २०७९ फागुन १४ गते १२:२८ मा प्रकाशित

काठमाण्डु,१४ फागुन– सरकारले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।

आज (आइतबार) जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने पनि बताएका छन ।

नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने जनयुद्धका शहीदहरुलाई उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन ।

आइतबार जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘वर्तमान सरकारले जनयुद्ध लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरिरहेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us