सन्दीपको मुद्दाको सुनुवाइ बन्द इजलासमा

काठमाण्डु टुडे २०७९ फागुन १४ गते १२:१६ मा प्रकाशित

काठमाण्डु,१४ फागुन– सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको छ ।

केही समय अगाडी नाबालिक बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको थियो ।

सरकारी निवेदनमाथि सुनुवाइ सुरु गर्नुअघि सन्दीपका वकिलले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेका थिए । लैंगिक हिंसा लगायतका मुद्दा बन्द इजलासमा सुनुवाइ गर्न सक्ने व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us