बुटवलमा बसले मोटरसाइकललाई ठक्कर दिंदा पत्रकार मनोज हितंगाको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन १४ गते १०:४५ मा प्रकाशित

काठमाण्डु,१४ फागुन– काठमाण्डुको बुटवलमा भएको सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।

गए राति करिब सवा ११ बजे लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ जाँदै गरेका हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले बसपार्क नजिक ठक्कर दिएको थियो ।

हितंगा एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए । बसको ठक्करपछि घाइते भएका हितंगाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us