केपी ओलीले माधव नेपाललाई पठाए चिठी

काठमाण्डु टुडे २०७९ फागुन १३ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– एमाले अध्यक्ष केपी ओलीले आफ्ना राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न आग्रह गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र पठाएका छन् ।

नेम्वाङले उम्मेदवारी दर्ता गराएलगत्तै शनिबार ओलीले नेपाललाई औपचारिक पत्र पठाएर सहयोग मागेका हुन् । ओली यसअघि एकीकृत समाजवादीलाई पार्टीका रुपमा स्वीकार गर्दैनथे ।

पत्रमा ओलीले नेपाललाई एकीकृत समाजवादीको अध्यक्ष भनी सम्बोधन गरेका छन् । पत्रमा १० पुसको सहमतिअनुसार एमालेले नेम्वाङलाई उम्मेदवार बनाएको उल्लेख छ । जबकि पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली निवास बालकोटमा भएको १० पुसको सहमतिमा नेपाल र एकीकृत समाजवादी सामेल थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us