
काठमाण्डु, १३ फागुन– काठमाडु महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै बालेन्द्रले आफूलाई राजीनामाका लागि दबाब आएको बताए । ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्’, साहले लेखेका छन, ‘यो देश कहिल्यै पनि बन्दैन ।’ तर, साहले राजीनामा लागि कसले दबाब दिएको भन्नेबारे खुलाएका छैनन् ।