रामचन्द्र पौडेलद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाण्डु टुडे २०७९ फागुन १३ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, १३ फागुन–काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

बानेश्वरस्थित निर्वाचन कार्यालय पुगेर पौडेलले शनिबार उम्मेदवारी दर्ता गराए । पौडेललाई ८ दलको समर्थन छ ।

पौडेलको प्रस्तावकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपा वरिष्ठ नेता अशोक राई र जनमत पार्टीका अब्दुल खान छन् ।

यस्तै समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र माओवदाी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । यसअघि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us