
काठमाण्डु, १३ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।
राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्रीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।
यसअघि शनिबार बिहान बसेको राप्रपा कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा सहभागी थियो ।
लिङदेन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिँचाइई विक्रम पाण्डे सहरी विकास, ध्रुबबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला र दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री थिए । राप्रपाले प्रदेश सरकारका मन्त्रीहरुलाई पनि फिर्ता बोलाएको छ ।
गत १० पुसमा राप्रपासहित ७ दलले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए ।