सांसद् रहमानको हृदयघातबाट निधन

काठमाण्डु टुडे २०७९ फागुन १३ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– जनता समाजवादी पार्टी (जसपा) सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको छ ।

रहमानको भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा निधन शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

भक्तपुरको घ्याम्पे डाँडामा पिकनिकमा रमाइरहेका बेला एक्कासि हृदयघात भएपछि अस्पताल लगिएकामा निधन भएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए ।

अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले रहमानलाई मृत घोषणा गरेको यादवले बताए । जसपाले उनलाई समानुपातिक प्रणालीबाट सांसद बनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us