
काठमाण्डु, १३ फागुन– राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गरेपछि सरकार नेतृत्वकर्ता माओवादी केन्द्रसँग क्रुद्ध बनेको एमालेले तत्काल सरकार नछाड्ने भएको छ ।
शनिबार राष्ट्रपति उम्मेदवार छान्न ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेन । माओवादीसहित ८ दलले शुक्रबार राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि एमाले नेताहरुले सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । केही नेताले शनिबारै पार्टीका मन्त्रीहरुले प्रधानमन्त्रीलाई सामूहिक राजीनामा बुझाउने बताएका थिए ।
तर, बैठकले भने सरकार छाड्नेबारे कुनै निर्णय नगरेको प्रवक्ता एवं उपमहाचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गुरुङले पार्टी तत्काल सरकारबाट नबाहिरने जानकारी बैठकपछि सञ्चारकर्मीलाई दिए ।