एमालेबाट निकालिए दुर्गा प्रसाईं

काठमाण्डु टुडे २०७९ फागुन १३ गते ११:४९ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई निस्काशन गरेको प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

राजतन्त्र फर्काउने अभियानमा लागेको भन्दै एमाले प्रदेश–१ कमिटीले प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us