सुवास नेम्वाङ भन्ने भए राष्ट्रपति उम्मेदवार

काठमाण्डु टुडे २०७९ फागुन १३ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने भएको छ ।

पार्टी कार्यालय च्यासलमा शनिबार बिहान बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाी काँग्रेसले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको थियो । संयोगले राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख भएका छन् ।

इलाम–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेम्वाङ पुनस्थार्पित प्रतिनिधिसभाका सभामुख थिए । उनले दुवै संविधानसभामा संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरे ।

पौडेललाई काँग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको समर्थन छ । नेम्वाङलाई राप्रपा र रास्वपाले समर्थन गर्ने सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us