सरकारबाट बाहिरिने राप्रपाको निर्णय

काठमाण्डु टुडे २०७९ फागुन १३ गते १०:१९ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रवक्ता मोहन श्रेष्ठले गत १० पुसको सहमतिविपरीत प्रधानमन्त्रीको दलले काँग्रेसलाई राष्ट्रपतिमा सघाएकाले नैतिक रुपमा पनि सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको बताए ।

उनले प्रदेश सरकारहरुबाट पनि राप्रपा बाहिरिने निर्णय भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us