
काठमाण्डु, १२ फागुन– माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिने भएको छ ।
एमाले मन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक राजीनामा बुझाउने तयारी गरेका हुन् ।
काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीसहित ८ दलका शीर्ष नेताको शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो ।
त्यसलगत्तै एमालेले १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको निस्कर्षसहित सरकार छाड्ने निर्णय गर्न लागेको एक मन्त्रीले जानकारी दिए । एमाले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सरकारी सहभागी छ ।