
काठमाण्डु, १२ फागुन– ८ दलले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) लाई सघाउने भएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको ८ दलका शीर्ष नेताको बैठकले शुक्रबार साँझ उक्त निर्णय गरेको हो । जसपा कार्यकारीणी सदस्य राजेन्द्र श्रेष्ठले उपराष्ट्रपति आफ्नो दलले पाउनु सहमति भएको बताए । बैठकले राष्ट्रपतिमा भने काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
बैठकमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी थिए ।