राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने राप्रपाको निर्णय

काठमाण्डु टुडे २०७९ फागुन १२ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,१२ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ । आज शुक्रवार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।राप्रपाले निर्वाचनमा मत हाल्ने नहाल्ने भन्नेबारे छलफल जारी रहेको श्रेष्ठले बताएका छन । सरकारमा सहभागी भए पनि राप्रपा राष्ट्रपतिको उम्मेदवार भने नउठाउने भएको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us