
काठमाण्डु,१२ फागुन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्मा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन ।
आज (शुक्रवार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारले आफूहरूले उठाएका विषयहरूको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए ।
सांसदहरूको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन रुलिङ गरेका छन । संसद्मा सांसदहरूले सरकारले आफूहरूका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप समेत लगाएका छन ।