
काठमाण्डु,१२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले काठमाण्डु उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा समस्या भएको भनी सरकारको ध्यानाकर्षण गरेकी छन् ।
आज (शुक्रबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले सडक आयोजनाहरु निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गरेकी छन ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई सांसद कार्कीको प्रश्न छ, ‘सडक विभाग काठमाण्डु उपत्यका खानेपानी लिमिटेडल काम गर्न नसक्नु कसको स्वार्थ हो ?’यसैसँग जोडिएर उनी भन्छिन्, ‘नेपाल सरकारको संघीय मन्त्रिपरिषदको प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ ?’
टुँडीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिएको उल्लेख गर्दै उनले थपिन्, ‘ठूला ठेकेदारको मिलोमतो र दबाव हो ?’