
काठमाण्डु,१२ फागुन– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् ।
आज (शुक्रबार) नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाण्डुमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठिक ठाउँमा बस्न चेतावनी दिएका हुन्। फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा उनले एक–दुई हजार मान्छे जम्मा हुँदैमा म नै राजा हुँ भन्ने नसोच्न चेतावनी दिएका हुन् ।
उनले गणतन्त्रका लागि हजारौं हजार सडकमा भएको भन्दै उनले मुलुक फेरि पश्चगमनतिर नजाने बताएका छन । देशलाई ठिक तरिकाले अगाडि लैजान खोजिरहेका बेला खल्बल्याउन नखोज्न आग्रह गर्दै उनले भने, ‘पूर्वराजा ठिक ठाउँमा बस्नुपर्छ ।’