राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउँछौं: महामन्त्री थापा

काठमाण्डु टुडे २०७९ फागुन १२ गते १३:०७ मा प्रकाशित

काठमाण्डु,१२ फागुन– कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन । उनले आज शुक्रबार बालुवाटारमा भएको ४ दलबीचको छलफलमा राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न कोणबाट प्रस्ताव आएर छलफल भएपनि आ–आफ्नो पार्टीभित्र पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे अर्को बैठक बसेर टुंग्याउने बताएका छन ।

बैठकपछि थापाले भने, ‘दलहरुबीच एकपक्षीय र बहुपक्षीय छलफल भइरहेको छ । अब आ–आफ्नो पार्टीमा छलफल गर्नु भएकाले साझ ५ बजे पुनः अर्को बैठक बसरेर राष्ट्रपति उम्मेदवार टुंगो लगाउँछौं ।’ त्यस्तै थापाले राष्ट्रपतिबारे विभिन्न कोणबाट छलफल भएको र त्यो सकारात्मक भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us