
काठमाण्डु,१२ फागुन– बालुवाटारमा चार दलको बैठक चलीरहेका बेला कांग्रेस नेता विमलेन्द्र निधिको इन्ट्री भएको छ ।
राष्ट्रपतिको निर्वाचन र भावी सत्ता समीकरणबारे कांग्रेस माओवादी, जसपा र एकीकृत समाजवादीका शीर्ष नेता बिहान साढे ८ बजेबाट छलफलमा जुटेका छन ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी रहेका छन ।
यस्तै नेकपा माओवादी केन्द्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी छन् ।
यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी छन् । उनीहरुबीच ३ घण्टादेखि बैठक जारी रहेका बेला निधि पनि मिसिएका छन् ।