काठमाण्डु,१२ फागुन– एमालेका काठमाण्डु जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत अवस्थामा भेटीएका छन । शुक्रवार काठमाण्डुको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेको र थप अनुसन्धान भइरहेको साँखु प्रहरीले जानकारी दिएको छ ।
उनी ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो समय काठमाण्डुको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए ।