मोरङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन १२ गते १२:२१ मा प्रकाशित

काठमाण्डु,१२ फागुन– मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय विशाल सिटौला छन ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना लगतै चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us