कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै

काठमाण्डु टुडे २०७९ फागुन १२ गते ११:२१ मा प्रकाशित

काठमाण्डु,१२ फागुन– राष्ट्रपतिको उम्मेदवार चयनका लागि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली शनिबार बस्दै छ । शनिबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवारको रुपमा चर्चामा रहेको छ । २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us