
काठमाण्डु,११ फागुन– आगामी राष्ट्रपति चयनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक सुरु भएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन् । यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट भने अध्यक्ष माधवकुमार नेपाल, प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी रहेका छन ।